रौतहट:रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीस्थित बागमती खोलामा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ । वृन्दावन– १ तामाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 
नगरपालिकाले लगाएको उत्खनन्‌को ठेक्कामा ठेकेदारले डोजर प्रयोग गरी बनाएको खाडलमा जमेको पानीमा डुबेर प्रजाको मृत्यु भएको हो । उनी नुहाउन गएको बेला सोही खाडलमा डुबेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । नगरपालिकाले लगाएको बागमती नदीको उत्खनन्‌को ठेक्कामा मापदण्डविपरीत खाडल बनाएको भनेर स्थानीयले विरोध जनाउँदै आएको छ ।

अघिल्लो सामग्रीचन्द्रपुर सुनचादी ब्यबसायी संघको अध्यक्षमा भिम बहादुर बिश्वकर्मा
यसपछिको सामग्रीभ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : गगन थापा