वीरगन्ज: वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ।
श्रोत खुल्न नसकेको ८ लाख रुपैयाँसहित वीरगन्ज महानगरपालिका-२ छपकैयाका ५० वर्षीय अजित पाण्डे र त्यही ठाउँकी ४५ वर्षीया उर्मिला देवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो .
भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयको गेट अगाडि रोकेर चेक जाँच गर्दा मोटरसाइकल चालक पाण्डेको साथबाट ३ लाख रुपैयाँ र मोटरसाइकलमा पछाडि सवार उर्मिला देवीको साथबाट ५ लाख रुपैयाँ बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।
बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको उनले बताए। रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको रिजालले जानकारी दिए।

अघिल्लो सामग्रीरवि लामिछानेसहित गोरखा मिडियाका चार जनालाई कारबाही गर्न सिफारिस
यसपछिको सामग्रीजनज्योती नमुना माध्यमिक बिद्यालय द्धारा छात्रबृति बितरण