रौतहट: रौतहटको चन्द्रपुरमा रहेको जनज्योती नमुना माध्यमिक बिद्यालयले एक समारोहका बीच छात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । छात्रबृति बितरण कार्यक्रममा पुर्ब बिद्यार्थी एबम चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले, उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारी र चन्द्रपुर नगरपालिका शिक्षा शाखा संयोजक दिपेन्द्र मण्डल लाई सम्मान गरिएको छ । सो कार्यक्रम लाई सम्बोधन गर्नु हुदै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले चन्द्रपुर नगरपालिकाकै नमुना बिद्यालयको रुपमा रहेको जनज्योती माध्यमिक बिद्यालयले शिक्षाको गुणस्तरीयता कायम राख्नु पर्नेमा सुझाब दिनु भयो । उहाले बिद्यार्थीहरुको शिक्षाका अलावा अतिरिक्त क्रियाकलाप गराई नैतिक र क्षमताबान बनाउनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा नगरउपप्रमुख जयमाला चौधरीले आफुले यस बिद्यालयमा अध्यन गर्दा शिक्षाका अलावा ब्यबहारिक ज्ञान पाएको बताउनु भयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत किरणनीधि तिबारीले आफु यस बिद्यालयमा अध्यन गर्दा भौतिक अबस्था जर्जर रहेको स्मरण गर्दै समयकोे गतिशिलता संगै बिद्यालयले शैक्षिक एबम भौतिक प्रगति गर्दै गरेको पाएको बताउनु भयो । चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसीले बिद्याथीहरुको रुची चाहना अनुरुप बिद्यालय प्रशासन चल्ने हो भने बिद्याथीहरुको शैक्षिक ज्ञानमा बढोतरी हुने बताउनु भयो । चन्द्रपुर नगरपालिका शिक्षा शाखाका संयोजक दिपेन्द्र मण्डलले घर परिबार पछि अध्यन गर्न आउने बिद्याथीहरुकको अभिभाबकत्व बिद्यालय रहने बताउनु भयो । बिद्यालयका प्राध्यानाध्यापक देबनारायण हुमागााईले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन बिद्यालयका शिक्षक दिपक पौडलले गर्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्नु हुदै अध्यक्ष नरेश लामिछानेले नगरपालिकाले सबै बिद्यालय लाई हेर्ने नजर बराबरी हुनु पर्ने बताउनु भयो ।
आवरण जनज्योती नमुना माध्यमिक बिद्यालय द्धारा छात्रबृति बितरण