एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै रान्डाल कोलाे मुआनीले फ्रान्सलाई अग्रता दिलाएका थिए ।
२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । र गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो ।
२५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपश्चात बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।त्यस गोल पश्चात खेलमा कुनै गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भएको छ ।
स्पेनले अब भोली हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनल खेलको विजेता विरुद्ध उपाधिका लागि खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा रहेको छ ।