काठमाडौं । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखीको इन्ट्री भएको छ । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् ।सखीलाई कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे । उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्नेछिन् । कथा वाचिका देवी प्रतिभा आफ्नो भारत प्रस्थान गरेकै दिन सखीको आगमन भएको हो ।चन्द्रकला सखी नेपालकी नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा चिनिन्छिन् । उनी लण्डनमा बस्दै आएकी छन् ।