काठमाडौं नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनु भएको छ ।
काठमाडौमा जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाललाई अध्यक्ष र महासचिव दोहोर्याउने घोषणा गरेको हो । यस अघि पनि उहाँहरु सोही पदमा हुनुहुन्थ्यो ।
यस्तै झलनाथ खनाललाई पनि सम्मानित नेतामा सर्वसम्मत चयन गरिएको छ ।
अन्य बाँकी पदमा कसलाई चयन गर्ने भन्ने जिम्मा सचिवालयलाई दिइएको छ ।

अघिल्लो सामग्रीलागुऔषध सहित २ भारतीय पक्राउ
यसपछिको सामग्रीयुरोको फाइनमा पुग्यो स्पेन