रौतहट ८ चैत्र चन्द्रनिगाहपुर सिटी जेसीज द्धारा साइभर सेक्युरिटी कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको सहयोगमा ईन्फो टेक्नोलोजी देउराली चौकको हलमा सो कार्यक्रम गरिएको हो । कार्यक्रम बाट ५० जना बिद्यार्थी प्रशिक्षित भएका छन । जेसी जानुका सापकोटाको अध्यक्षता भएको कार्यक्रमका प्रशिक्षक जेसि जितेन्द्र रौनियार र प्रहरी सहायक निरिक्षक किसोर कुमार साह रहनु भएको थियो । साइभर क्राइममा हुने कानुनी प्रक्रियालाइ प्रहरी सहायक निरिक्षक साहले प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष, बोर्डका पदाधिकारी, लगायत शाखाका सदस्यहरुको सहभागिता रहेको चन्द्रनिगाहपुर सिटी जेसिजका महासचिव जितेन्द्र रौनियारले बताउनु भयो ।  कार्यक्रमको संचालन जेसी गोपाल हुमागाईले गर्नु भएको थियो । कार्यक्रम संयोजक जेसी अशोक कुमारको समेत सहभागि रहेको थियो । 

अघिल्लो सामग्रीउद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा
यसपछिको सामग्रीमधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने