चन्द्रपुर-रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा संकल्प साकोसका बिभु कुमार पोखरेल र सचीवमा चन्द्रोदय साकोसका बसन्त आचार्य निर्वाचित भएका छन । शनिबार चन्द्रनिगाहपुरमा भएको संघको २७ औ चुनावि साधरण सभाले पोखरेललाइ अध्यक्षमा र आचार्यलाई सचीवमा सर्वसहमत चयन गरेको हो ।
यसैगरी समितिको उपाध्यक्षमा सृष्टि साकोसका राम विश्वास पासवान,महासचिबमा नब बिकाश साकोसका देब बहादुर सापकोटा,कोषाध्यक्षमा स्वस्तीक साकोसका नरेन्द्र राना चयन भएका छन । यसैगरी सदस्यहरुमा कल्पना दाहाल,पदम प्रसाद पहाडी,दुर्गा देबी दाहाल,लक्ष्मी कुमारी घिमिरे,रामाकान्त प्रसाद,दुर्गा आचार्य,राजेन्द्र राय यादब चयन भएका छन । यस्तै लेखा समितिको संयोजकमा जितेन्द्र चौधरी,सदस्यमा इश्वरी प्रसाद पौडेल र धर्मबिर ठाकुर चयन भएको निर्वाचन संयोजक बिपिन प्रसाद गौतमले जानकारी दिएका छन।




