नेपाली कांग्रेसका महामन्त्री गगन थापा मेची-महाकाली संवाद यात्रामा निस्कने भएका छन्।पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्।महामन्त्री थापाले यही माघ १३ गतेदेखि संवाद यात्रा सुरू गर्ने छन्। झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीपुल भन्सारबाट संवाद यात्रा सुरू गर्ने उनले बताए।संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेसु अभियान सञ्चालन गर्दैछ। महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन्।संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ।माघ १३ गतेदेखि संवाद यात्रा सुरू भई २६ गते सकिनेछ।

अघिल्लो सामग्रीमधेस सरकारबाट बाहिरियो जनमत पार्टी
यसपछिको सामग्रीआजदेखि स्वस्थानी व्रतकथा