बारा:शिक्षकहरुको शान्तिपुर्ण धारणा आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढका बिनको परिवारलाई १ लाख २५ हजार भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले नगद आर्थिक सहयोग गरेका छन् ।नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिका सभापति एवंम  प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले सिम्रौनगढ नगरपालिका वडा नं १ निवासी लक्ष्मी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैया सहयोग गरेका हुन् ।भौतिक पूर्वाधार तथा विकास  मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन्  ।आन्दोलनकारीसित भएको  झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको मंसिर २७ गते मृत्यु भएको थियो।
नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादव प्रहरीको दम्भ बाट भएको निन्दनीय रहेकोे आरोप लगाउनु भयो । बार सिम्रौनगढ नगरपालिका का पुर्व नगर प्रमुख विजय शंकर यादव लगायतको उपस्तिथि रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताउनु भयो ।

अघिल्लो सामग्रीसाझा तस्बिर
यसपछिको सामग्रीप्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल