रौतहट,२ माघ: पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको शिवनगर स्थित महादेव मन्दिरको दर्शन गरेका छन्।
बाराको सिमरामा बस्दै आएका पूर्वराजा शाहले रौतहटको गरुडा नगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाआजा गरेका छन्। बाक्लो समर्थकका बीच शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुग्नु भएको पूर्वराजाा शाहले महादेब भगवानको दर्शन गरेका हुन् ।

शिवनगर चौकबाट पैदल हिडेका पूर्वराजाका समर्थकले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । मुस्कान सहित पैदल हिँडेका उनलाई बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। धार्मिक यात्रामा निस्केका पूर्वराजा शाह मधेश प्रदेशको बिभिन्न जिल्लाका मंन्दिरमा दर्शन गर्न जाँदा समर्थहरुको भिड लाग्ने गरेको छ ।






