रौतहटःभारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा रौतहटमा उल्लास छाएको छ।
रौतहट, बारा,पर्सा,सलार्ही,जनकपुरधाम सहितका विभिन्न जिल्लाकम मठमन्दिरमा भजनकीर्तन, पाठ हुनुका साथै रामधुन बजाउदै मनाइएको छ ।
जिल्लाभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा झुण्ड्याइएको छ।रौतहटको गौर नगरपालिका-५ मा रहेको नवनिर्मित भगवान रामको मन्दिरमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी मूर्ति स्थापना भएको छ । मन्दिर परिसर फूल मालाले सजाइएको छ। गौर नगरपालिका,दुर्गाभगवति गाउँपालका सहित अन्य पालिकाले नगर परिक्रमा समेत गरेको छ ।
चन्द्रपुर ४र६ सिमानामा रहेको रहेको श्रि राम जानकी मन्दिरबाट शोभा यात्रा निस्किएर विभिन्न चोक परिक्रमा गरी पुनः मन्दिरमा पुगेर विश्राम गरेको छ।
प्राण प्रतिष्ठाको अवसरमा रौतहट,बारा पर्सा लगाएत विभिन्न जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा समेत दिएको छ।चन्द्रपुर नगरपालिका सहित,गौर,परोहा, इशनाथ नगरपालिका तथा यमुनामाई र दुर्गाभगवति गाँउपालिकाले आज मासु, माछा तथा मदिरा विक्रि वितरणमा प्रतिबन्ध लगाइएको थियो ।