रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान खेत जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए । घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुने शर्माले बताए ।

अघिल्लो सामग्रीकाठ तस्करी गरेको आरोपमा रौतहटमा एक दर्जन बढी व्यक्ति पक्राउ,भिडियोमा हेर्नुहोस कसरी हुन्छ काठ तस्करी
यसपछिको सामग्रीचन्द्रोदय साकोसको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न