रौतहटः लुम्बिनी बिकास बैंक लिमिटेड गौर शाखाले सोमबार गौर आँखा अस्पताललाई तीन सिटे स्टिल बेन्चहरु उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा जचाउने आउने बिरामी र आफन्तको सहजताको निम्ति तीन सिटे स्टिल बेन्चहरु बैकले उपलब्ध गराएको हो । गौर आँखा अस्पताल परिसरमा सोमबार भएको एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरी लाई बेन्च हस्तान्तरण गर्नु भएको हो । सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण बस्नेत, लेखा अधिकृत पवन न्यौपाने लगायत अस्पतालका अन्य कर्मचारी एवम बैंकको तर्फबाट सहायक शाखा प्रमुख प्रवीण कुमार सिंह लगायत कर्मचारी हरुको उपस्थिति रहेको थियोे । बैंक प्रबन्धक सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभइ समाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोग बाट अस्पतालमा आउने सेवाग्राही आँखाको बिरामी लाइ सुबिधा सङ सेवा संचालन गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नु भयो । स्वदेशी तथा छिमेकी मुलुकका लाखौ बिरामी लाई आँखाको ज्योति छर्ने जस्तो पुन्य कार्य गर्दै आएको अस्पताल लाई सहयोग गरिएको बताउनु भयो । अस्पतालका व्यवस्थापक चौधरीले अस्पतालको आग्रह लाई बैकले सहर्ष स्वीकार गरेको भन्दै बैक प्रति आभार प्रकट गर्नु भयो ।
अर्थ / व्यापार लुम्बिनी बिकास बैंकद्वारा गौर आँखा अस्पताललाई सहयोग