रामनारायण देव
मैथिली साहित्यका सुविख्यात व्यक्तित्व एवं कविकोकिल विद्यापति साँच्चै नै मैथिली, भाषा र साहित्यका एक केन्द्रबिन्दु थिए । आजभन्दा करिब सात शताब्दीअघि नै रचित उनका गीत, कविता र पदावलीहरू अहिले पनि मिथिलाञ्चलका जनजिब्रोमा जीवन्त छन् । उनका साहित्यिक रचनाहरू वीर, करुण र शृंगाररसले भरिपूर्ण छन् ।
बहुमुखी प्रतिभायुक्त महाकवि विद्यापतिको जन्म १३५० इ। मा मिथिलाञ्चलको मधुबनी जिल्लाअन्तर्गत बिसफी भन्ने गाउँमा भएको थियो । हुन त कुनै प्रामाणिक जन्मकुण्डली नभएकाले उनको जन्मतिथिबारे विभिन्न विद्वानहरूबीच फरक(फरक मत रहेको छ । तथापि महाकविद्वारा लिखित विभिन्न समयका तथ्य(प्रमाणहरू ९सामग्रीहरू० का आधारमा उनको जन्मतिथि निर्धारण गरिएको हो । त्यस्तै उनको मृत्युका बारेमा पनि निश्चित तिथि नहुँदा उनीद्वारा मृत्यु हुने बेलामा रचित श्लोक ९जस्तो ‘विद्यापति आयु अवसान कार्तिक धवल त्रयोदशी जान’०का आधारमा प्रत्येक साल कार्तिक शुक्ल पक्ष त्रयोदशीका दिन उनको स्मृति दिवस मनाइँदै आएको छ । केही विद्वानहरूद्वारा उनको मृत्यु १४३६ इ। मा भएको मानिएको छ भने कसैले १४४० इ। लाई मानेका छन् ।
महाकवि विद्यापतिले आफ्ना साहित्यिक कृति पूर्ववर्ती राजा कीर्ति सिंह, भोगीश्वर सिंह र भैरव सिंहको कृतित्व र वीरताका बारेमा सिर्जना गरेका थिए । उनको प्रथम रचना ‘कीर्तिलता’ मानिएको छ । यसमा राजा कीर्ति सिंहको यशगान गरिएको छ ।
महाकवि विद्यापतिले मिथिलाका प्रसिद्ध विद्वान् पक्षधर मिश्रका पिता पण्डित हरि मिश्रसित संस्कृत साहित्यको शिक्षा ग्रहण गरेका थिए । उनका वंशज तत्कालीन मिथिलाका ओइनवार वंशीय राजाहरूका मन्त्री र राजपण्डितहरू थिए । महाकविका वंशजहरू काश्यपगोत्रीय मैथिली ब्राहृमण थिए । उनी प्रसिद्ध सामवेदी बिजीपुरुष कर्मादित्य ठाकुरका वंशज थिए । महाकवि विद्यापति ठाकुर जन्मिएको गाउँ बिसफीका राजा शिवसिंहले उनको काव्यप्रतिभाबाट प्रभावित भई ‘दानपत्र’ नै दिएका थिए । उनका पिता गणपति ठाकुर राजा शिव सिंहका पिता देव सिंहका राजपण्डित भएका हुनाले महाकवि पनि पितासँगै राजदरबार गइरहन्थे ।
राजा शिव सिंह त्यस बखत युवराज भएका र विद्यापति पनि समवयस्क भएका हुनाले दुवै जनाबीच घनिष्ठ मित्रता थियो । पछि राजा शिव सिंहको राज्यारोहण भएपछि महाकविलाई राजपण्डितका रूपमा प्रतिष्ठापित मात्र गरिएन, आफ्ना निकटतम सल्लाहकार मन्त्रीको दर्जासमेत प्रदान गरिएको थियो । महाकविको साहित्यिक प्रतिभा देखेर राजा शिव सिंहले उनलाई नवकविशेखर, कविकण्ठधर, अभिनव, जयदेव इत्यादि उपाधिद्वारा सम्बोधन गर्न थाले ।
महाकवि विद्यापतिले आफ्ना साहित्यिक कृति पूर्ववर्ती राजा कीर्ति सिंह, भोगीश्वर सिंह र भैरव सिंहको कृतित्व र वीरताका बारेमा सिर्जना गरेका थिए । उनको प्रथम रचना ‘कीर्तिलता’ मानिएको छ । यसमा राजा कीर्ति सिंहको यशगान गरिएको छ । राजा कीर्ति सिंहले जौनपुरका यवन सेनालाई पराजित गर्न सुल्तानसँग सहयोग लिई पुनः राज्य प्राप्त गरेको वीरताको वर्णन छ । ‘कीर्तिलता’ को हस्तलिखित पाण्डुलिपि काठमाडौंस्थित दरबार पुस्तकालयमा थियो । कलकत्ता विश्वविद्यालयका प्रसिद्ध विद्वान् हरप्रसाद शास्त्रीले उक्त पाण्डुलिपिका आधारमा सर्वप्रथम यसलाई प्रकाशित गरेका थिए । यो पुस्तक अत्यन्त महत्वपूर्ण मानिएको छ । यसमा तत्कालीन सामाजिक–आर्थिक अवस्थाको विस्तृत वर्णन छ ।
त्यस्तै ‘कीर्तिपताका’ उनको दोस्रो रचना मानिएको छ । यो राजा शिव सिंहको प्रशस्तिले भरिएको छ । यसको एकमात्र खण्डितप्रति काठमाडौंको दरबार पुस्तकालयमा उपलब्ध छ जसलाई भारतीय विद्वान् डा।उमेश मिश्रले पुनः प्रकाशित गरेका छन् । यी दुईवटै रचनाहरू अवहट्ट भाषामा छन् जसलाई विद्वान्हरूले पूर्ण रूपमा मैथिली नै मानेका छन् । त्यसै गरी महाकविका संस्कृत रचनाहरूमा ‘भूपरिक्रमा’, ‘पुरुषपरीक्षा’, ‘शैवसर्वस्वसार’, ‘गंगावाक्यावली’, ‘विभागसार’, ‘दानवाक्यावली’, ‘दुर्गाभक्ति’, ‘तरंगिणी’, ‘मणिमञ्जरी’, ‘लिखनावली’, ‘गयापत्तलक’, ‘वर्षकृत्य’ इत्यादि छन् । महाकविका मैथिली कृतिहरूमा ‘गोरक्ष विजय’, ‘मैथिली पदावली’, ‘रामभद्रपुर पदावली’, ‘तरौनी पदावली’, ‘रागतरंगिनी’, ‘भाषागीतसंग्रह’, ‘वैष्णव पदावली’ आदि छन् यी सबै मैथिली साहित्यका धरोहर हुन् ।
कतिपय विद्वानहरूले ‘सप्तरी जनपद’को गलत अर्थ लगाई सर्वसाधारणमा भ्रम सिर्जना गरेका छन् । ती विद्वान्हरू ‘जनपद’को अर्थ जिल्ला लगाउँछन्, जबकि यो शब्दलाई जिल्ला नभएर राज्यको अर्थमा ऐतिहासिक ग्रन्थहरूमा लिइएको छ । त्यसैले सप्तरी ‘जनपद’को अर्थ यहाँनिर राज्य नै हुन आउँछ ।
महाकविको नेपाल प्रवासताक राजा शिव सिंहले आफ्नो राज्यमाथि जौनपुरको यवन सेनाले आक्रमण गर्दा आफ्नी रानी लखिमासहित राजपरिवारका अन्य सदस्यहरूलाई आफ्ना निकटवर्ती घनिष्ठ मित्र द्रोणवारेश्वर राजा पुरादिव्य गिरी नारायणको राजधानी तत्कालीन सप्तरी जनपद ९राज्य० को राजबनौली ९हालको महोत्तरी० शरणस्थलमा महाकवि विद्यापतिको संरक्षणमा पठाएका थिए । राजा पुरादिव्यले महाकवि विद्यापतिलगायत राजपरिवारका सबै सदस्यहरूलाई ठूलो आतिथ्य प्रदान गरेका थिए । राजा पुरादिव्य महाकविको काव्यप्रतिभासँग पूर्वपरिचित भएका हुनाले उनलाई साहित्य सिर्जना गर्न प्रेरित गरे । त्यही सिलसिलामा विद्यापतिले ‘लिखनावली’ तथा ‘श्रीमद्भागवत पुराण’ को रचना गरेका थिए । ‘लिखनावली’ मा तत्कालीन सामाजिक र सांस्कृति अवस्थाबारे चित्रण गरिएको छ । त्यस कारण यसको ऐतिहासिक महत्व छ । उक्त पुस्तकमा महाकवि विद्यापतिले लेखेका निम्न श्लोकबाट धेरै कुरा स्पष्ट हुन आउँछस्(
जित्वा शत्रुकुल तदीय वसुभिये नार्थिनस्तर्पिता दौर्छप्पार्जित सप्तरी जनपदे राज्यस्थितिः कारिता संग्र्रामेद्रर्जुनः भूपतिर्विनिहितो बन्धौ नृशंसायित स्तेनेय लिखनावली नृयपुरादिव्येन निर्भापिता ।।
अर्थात् शत्रुदललाई पराजित गरी उसको धनराशिबाट जसले याचकवृन्दलाई सन्तुष्ट पायो र आफ्ना बाहुबलले सप्तरी राज्यमा जसले राज्यसत्ता स्थापना गय तथा युद्धमा आफ्ना बन्धु शिव सिंहसँग निर्दयी व्यवहार गर्ने अर्जुन राजाको वध गयो उनै राजा पुरादिव्यले यस ‘लिखनावली’ को रचना गराउनुभयो । त्यसको रचना १४०८ इ। अर्थात् मिथिलाको लक्ष्मणसंवत् २९८ मा भएको थियो । त्यसैगरी महाकवि विद्यापतिले श्रीमद्भागवत पुराणको मैथिली संस्करणको रचना पनि गरे । उनी रानी लखिमालाई पतिवियोगको चिन्ताबाट मुक्त गर्नका लागि प्रत्येक बिहान श्रीमद्भागवत श्रवण गराउँथे ।
श्रीमद्भागवत पुराणको प्रतिलिपिको अन्त्यमा ‘लक्ष्मणसंवत् २९९ सुदि १५ कुजे राजा बनौली ग्रामे श्रीश्रीविद्यापतिर्लिपरियमिति’ भनी लेखिएको छ । अर्थात् लक्ष्मणसंवत्सित गणना गर्दा १४१८ इ।मा लेखिएका हुँदा दुईवटै कृतिको रचनाकालमा दश वर्षको अन्तर देखिन्छ । यसरी महाकवि विद्यापतिको नेपाल प्रवासकाल एक दशकभन्दा बढी रहेको देखिन्छ । माथिको श्लोकबाट महाकवि विद्यापतिले स्पष्ट गरेका छन्( सप्तरी जनपद ९राज्य० अन्तर्गत ‘राजबनौली’ भन्ने स्थानमा ‘लिखनावली’ र ‘श्रीमद्भागवत पुराण’ राजा पुरादिव्यको आज्ञा र सहयोगबाट लेखिएको हो ।
कतिपय विद्वानहरूले ‘सप्तरी जनपद’को गलत अर्थ लगाई सर्वसाधारणमा भ्रम सिर्जना गरेका छन् । ती विद्वान्हरू ‘जनपद’को अर्थ जिल्ला लगाउँछन्, जबकि यो शब्दलाई जिल्ला नभएर राज्यको अर्थमा ऐतिहासिक ग्रन्थहरूमा लिइएको छ । त्यसैले सप्तरी ‘जनपद’ को अर्थ यहाँनिर राज्य नै हुन आउँछ । त्यति बेला विशाल सप्तरी राज्यअन्तर्गत अहिलेका सप्तरी, सिरहा, धनुषा, सर्लाही र महोत्तरी जिल्ला पर्दथे ।
त्यस कारण ‘सप्तरी जनपद’ अन्तर्गत नै हालको महोत्तरी जिल्लाअन्तर्गत जनकपुरदेखि सात किलोमिटर पश्चिम(दक्षिणस्थित बनौली ग्राम नै विद्यापतिको प्रवासकालीन राज्य बनौली हो । त्यहाँ महाकवि विद्यापति बाहू वर्ष बसी साहित्यसाधना गरी मैथिली साहित्यलाई अमूल्य ग्रन्थहरू अर्पण गरेका थिए । मैथिली साहित्यका भारतीय र नेपाली विद्वान्हरूले पनि एकै स्वरले महोत्तरीकै बनौलीलाई विद्यापतिकालीन बनौली मानेका छन् । यसरी महाकवि विद्यापतिले आफ्नो नेपालको प्रवासकालमा मैथिली साहित्यको अभिवृद्धिमा अतुलनीय योगदान पुयाएकोमा दुई मत छैन ।