काठमाडौँ — बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो । महमूदका छोरा हसनेनले शुक्रबार बिहान २ बजे बुवाको निधन भएको बीबीसीसँगको कुराकानीमा पुष्टि गरेका छन् ।
अभिनेता महमूदले ‘हाथी मेरे साथी’, ‘कारवां’, ‘मेरा नाम जोकर’, ‘हरे राम, हरे कृष्ण’, ‘नौनीहाल’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्रमा बालअभिनेताको भूमिका निर्वाह पनि गरेका छन् । उनले देव आनन्द अभिनित ुहरे राम, हरे कृष्णु मा समेत अभिनय गरेका छन् जुन नेपालमा समेत छायाकन भएको थियो । मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत महमूदलाई जीतेन्द्र, सचिन सचिन पिलगांवकर, जोनी लिभरलगायत कलाकारहरू भेट्न पुगेका थिए ।जीतेन्द्र र महमूदले ‘कारवां’ र ‘सुहाग रात’ चलचित्रमा सँगै अभिनय गरेका थिए ।

अघिल्लो सामग्रीमहाकवि विद्यापतिको साहित्य साधना
यसपछिको सामग्रीनेपाल यू-१९ एसिया कपमा पाकिस्तानसँग पराजित