रौतहट। रौतहटका पूर्वमाओवादी नेता रामनाथ माझीले माधव नारायण नगरपालिकास्थित अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटाएको छ ।
माधवनारायण नगरपालिका–७ की सुमित्रा महतो र राजिन्द्र नायक सुधीको नाममा रहेको ८ कट्ठा ८ धुर जग्गामा माझीले गत कार्तिक ८ गते गाडेको हँसिया हथौडा अंकित झण्डा प्रहरीले हालै हटाएको हो ।स्थानीय दलित नेतासमेत रहेका माझीले आफनो जग्गा भन्दै झण्डा गाडेर उक्त खेतमा मसुरो, तोरी बाली लगाएका थिए ।जग्गाधनी सुधीको छोरा मनोजकुमार नायकले २०७५ सालमा खरिद गरी सोही समयदेखि भोगचलन गर्दै आएको जग्गामा हाल माझीले झण्डा गाडेका थिए ।
आवरण पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो



