चन्द्रपुरः नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा दिप प्रज्जवलन गरि मनाइएको छ।शुक्रवार चन्द्रपुर ४ स्थित तरुण दलको ७१ स्थापमा दिवसको अवसरमा तिनकुने पार्कमा जिल्लाका शिर्ष नेताहरुको उपस्थिती मा दिप प्रज्जवलन गरि मनाइएको छ। कार्यक्रममा उपस्थित रौतहट क्षेत्र न ४ का सासद देव प्रसाद तिमल्सिनाले पन्चायत ब्यवस्था फाल्न नेपाली काङ्ग्रेसलाई तरुण दलले निकै नै मद्दत पुर्याएको बताउनु भयो।पार्टि र समाज बलियो बनाउन तरुण दलको मुख्य भुमिका हुने भएको हुदा,तरुण दललाई शसक्त र बलियो भएर पदमा बसेका हरुलाई खबरदारी काम गर्न तिमल्सिनाले आग्रह गर्नु भयो।नेपाली काङ्ग्रेसलाई बचाउने जिम्मा तरुण दल को पनि रहेको हुदा पार्टी बाट निर्वाचित कोहि कसैले गलत कार्य गरेरमा खरो भएर खबरदारी गर्न आग्रह गर्नु भयो।

यस्तै कार्यक्रममा उपस्थित राजपुर नगरपालिकाका प्रमुख डा.राजिक आलमले तरुण दलको स्थापना दिवको शुभकामना दिदै तरुण भनेको युवा हो,कुनै पनि समाजको प्रतिनिधित्व उमेरले गर्दै,सकारात्मक बिचार बोकेका युवाले मात्र प्रतिनिधित्व गर्छ प्रमुख आलमले भने उमेरले भन्दापनि योग्यता भएका,नवीन बिचार बोकेका र सवैलाई मिलाउन सक्नेले मात्र यो समाज,राष्ट्र र राज्यको हितकारी काम गर्दै नेतृत्व गर्न सक्छ,प्रमुख आलमले भने।यस्तै दिप प्रजवलन कार्यक्रममा मधेस प्रदेशका पुर्व सासद धनलाल ठोकर,तरुण दल रौतहट का पुर्व अध्यक्ष तथा परोहा नगरपालिका प्रमुख,शेख वकिल,तरुण दलका केन्द्रिय सदस्य नौसाद आलम,काङ्ग्रेस रौतहट क्षेत्र न ४ का सभापती रामस्नेहि यादव,चन्द्रपुर नगर सभापति मुकेश गिरि,काङ्ग्रेस रौतहट जिल्लाका पुर्व सभापति अनन्त कोइराला ,चन्द्रपुर नगर वार्ड न ८ का सभापति शंखर सत्याल,काङ्ग्रेस नेता नरेश लामिछाने,सुमन गौतम,शन्नी राउत,श्यामलाल ठोकर,नेपाल बिध्यार्थी संघ जन ज्योति इकाई सभापति भिमराज अधिकारी,बिध्यार्थी नेता प्रहलाद मैनाली, नौसाद अलम, लगाएतको उपस्थित रहेको थियो ।कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै,आगामी दिनमा पार्टिलाई मजबुत बनाउन नबिन कार्य गर्ने तरुण दल रौतहटका अध्यक्ष सोभित सिल्वालले बताए । कार्यक्रमको संचालन कांगे्रस मधेश प्रदेश ४ क का सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

अघिल्लो सामग्रीराम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभा सम्पन्न, प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन
यसपछिको सामग्रीतलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला