रौतहट १३ कार्तिक जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले सवारी साधन सवारी साधन चेकजाच लाई तिब्र पारेका छन ।ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई जरिवना तथा कार्वाही समेत गरीदै आएको छ ।
ट्राफिक नियम उलंघन गरेर मोटर साईकल चालउने लाइ जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइ ट्राफिक नियमका विषयमा जानकारी दिई जरिवना गरेर छाडिए‌को जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएकाछन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले पछिल्लो समय ट्राफिक नियम उलंघन गरेर सवारी चलाउने माथि कार्वाही प्रकिया लाई तिब्र बनाएको छ ।ईलाका प्रहरी कार्यलय चन्दनिगाहपुरको सम्वयमा पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै आए‌को छ। यस्तै ट्राफिक प्रहरीले ठुला सवारी साधनको प्रेसर हर्न हटाउने अभियान पनि थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटको सबै ट्राफिक पोष्टबाट सवारी साधानको प्रेसर हर्न हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटका ट्राफिक प्रहरी प्रमुख सुशील आचार्यले जानकारी दिएका छन । ट्राफिक प्रहरीले मधेश प्रदेशमै प्रेसर हर्न हटाउने अभियान थालेको आचार्यले जानकारी दिए ।

अघिल्लो सामग्रीईसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच पक्राउ
यसपछिको सामग्रीनगरप्रमुख काफ्ले द्धारा नवनिर्मित चारकोठे बिध्यालय भवनको उदघाटन