रौतहट: रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिचको विवाद उत्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसँगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्न भएको हो।
जनप्रतिनिधि बिचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैबिच कार्यवाहक मेयर अम्बेया खातुनले अनधिकृत रूपमा कसैले बोलाएको कार्यपालिका बोर्डको बैठकको कुनै औचित्य नहुने बताएकी छिन् ।
मेयर खातुनले एक सूचना जारी गर्दै हाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरहेका स्वास्थ्यका शम्भु कुमार यादवले बोलाएको बैठकमा कुनै औचित्य नरहेको तथा बैठक बोलाउने उसलाई अधिकार समेत नरहेको स्पष्ट पारेकी हुन् ।स्थानीय सरकार सञ्चालन एन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ४ क मा कार्यपालिकाको बैठक बोलाउने अधिकार नगरप्रमुखको रहेका छ । नगर प्रमुखसँग कुनै सरसल्लाह नगरी पूर्व प्रमुख प्रशासकीय अधिकृत यादवले गत १० गते शुक्रवारको मितिले बोलाएको बैठक उक्त एनको मर्म बिपरित रहेको र २०–२५ दिन पछि शुक्रवार मात्र कार्यालय खुलेको कारण बैठक सम्बन्धी एजेण्डा तयारी नरहेकोले पत्र अनुसारको मिति र स्थानमा बैठक नहुने मेयर खातुन द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।यस अघि बडा दसैँको मुखमा तलब सुविधा पाउने सम्भावना नदेखिए पछि गत असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मुलगेटमा गरेको तालाबन्दी गरेका थिए। तालाबन्दीको झन्डै तीनसाता पछि गत शुक्रवार निलम्बित मेयर गोपाल राय यादवको पहलमा छठपर्व अघि शिक्षक कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने वडा अध्यक्षहरूले जिम्मा लिएपछि तालाबन्दी खुला गरिएको थियो।
यो पनिः https://www.esajhavanidainik.com/?p=8956



