रौतहट, २८ भदौं बर्षौ देखि लालबकैया नदीमा अलपत्र रहेका टिकुलिया पुल अन्ततः बन्ने भएका छन् ।
नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको पहलमा रौतहटको गौर नगरपालिका ४ टिकुलिया स्थित लाल बकैया नदीमा बर्षौ देखि अलपत्र रहेका पक्कि पुलको निर्माण कार्य चाँडै सुरु हुने भएको हो ।
रौतहटबासीको भावना अनुसार तथा बर्षौ देखि टिकुलिया र इशनाथ नगरपालिकाका जनताले भोग्दै आएको दुख कष्टलाई आत्मासथ गर्दै टिकुलिया र औरैया जाने लालबकैया नदीमा अलपत्र अवस्थामा रहेको अधुरो पुलको निर्माण पुनः संचालन गराएर समय मित्रै सम्पन्न गराउने लक्ष्य रहेको बताइएको छ ।
नेपाल सरकारको अर्थ मन्त्री प्रकाशशरण महत ज्यु र मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्री यादबको समन्वयबाट पुन टेन्डर स्वीकृत गर्ने गराउने निर्णय गराउन सफल भएको बताइएको छ ।
प्रदेश साँसद नागेन्द्र साहको अथक मेहनतको कारण प्रदेश सभापतिको इच्छाशक्ति र केन्द्रीय मन्त्रीको कत्र्तव्यपालनको कारण टिकुलियाबासीको बर्षौको सपना पुरा हुने भएका छन् ।
मधेस प्रदेश सरकारमा मन्त्री भए देखि जनताको कामकाजमा दिनरात जनताको भावना अनुरूप विकास मुखी कार्य गर्दै आएका मन्त्री यादब सक्रिय रहेको नेका मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
तत्कालीन प्रधानमन्त्री एवम नेपाली कांग्रेस तत्कालीन सभापति सुशील कोईरालाले शिलान्यास गरेका थिए । पुल निर्माणको ४० प्रतिशत कार्य सम्पन्न गरेर पप्पु कन्ट्रक्सन निर्माण स्थलबाट बेपत्ता भएको कारण पुल अलपत्र भएको थियो । मन्त्री यादबले रौतहट क्षेत्र नम्वर १ का जनताहरु संग गरेको वाचा पुरा हुदैछ समेत जानकारी गराउदै प्रचार प्रसार विभाग प्रमुख गुप्ताले अर्थ मन्त्रीबाट उक्त निर्णय गराउन सफल हुनु भएका चर्चित युवा विकासमुखी नेता यादबलाई स्थानीय र जनसमुदायको तर्फबाट धन्यवाद दिए ।
अर्थतन्त्र भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवको पहलमा बर्षौ देखि अलपत्र रहेका टिकुलिया घाटको...



