चन्द्रपुर: हरितालिका तिज-२०८० को अवसरमा नेपाली काँग्रेसका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको आयोजनामा तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।  चन्द्रपुर ५ स्थित नेता कोइरालाको निजि निवासमा सम्पन्न भएको यस कार्यक्रमको उदेश्य “कला संस्कृति र परम्परालाई जगेर्ना गर्दै हरीतालिका तिज मनाऔं, हिंसा रहित सकारात्मक सोच सहितको समाज निर्माण गरौं”  भन्ने रहेको उहाँले बताउनु भयो । उक्त कार्यक्रममा नेपाली काँग्रेस सहितका विभिन्न राजनीतिक दलका महिला  नेतृहरु, समाजसेवी, सहकारीकर्मी, पत्रकार लगायतका युवाहरुको  उपस्थिति रहेको नेपाली काँग्रेसका चन्द्रपुर ५ का वडा सभापति कल्याण कार्किले जानकारी दिनुभयो ।

अघिल्लो सामग्रीलुम्बिनी विकास बैंक द्वारा क्याम्पस लाई सहयोग हस्तान्तरण
यसपछिको सामग्रीचन्द्रपुर नगरपालिकाद्वारा तेक्वान्दो खेलाडीको विदाई