रौतहट०७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज १५ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यो सभा देखि आफना जेष्ठ सदस्य मार्फत कार्यक्रमको उदघाटनको थालनी गरेको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा भएको सभाको संस्थाका जेष्ठ सदस्य ९२ बर्षिय शिबमाया बस्नेतले सभाको उदघाटन गर्नु भएको हो । संस्थाका अध्यक्ष बिभु पोखरेलले ०६५ सालमा १ सय ११ जना सदस्य बाट संकलित ३१ लख १९ हजार १ सय रुपैया बाट प्रारम्भ गरी ०७९÷८०को असाढ मसान्त सम्म अईपुग्दा ४ हजार ६४ जना शेयर सदस्य ६२ करोड ८० लाख ४ हजार ३ सयको शेयर पुजी ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ को कुल सम्पति, ४० करोड ४३ लाख ८९ हजार ७ सुय ७ रुपैया, निक्षेप ५० करोड, ४५ लाख, ८१ हजार, ६ सय ४० ऋण लगानी १३ हजार ७ सय ६६, बचत खाता १ हजार ५६ जना ऋणी रहेको बताउनु भयो । सहकारी लाई समुदायमा आधारित सदस्य केन्द्रित र सामुहिक नेतृत्व प्रदान गर्ने पद्धती बाट अघि बढाउने कार्य गरिरहेको बताउनु हुदै उहाले समाजको आर्थीक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सघाउ पुरयाउने बिश्वास लिइएको छ । संस्थाका सचिब कुल बहादुर थापाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै संस्थामा महिला शेयर सदस्य बढि रहेको उल्लेख गर्नु भएको छ । उहाले महिला शेयर सदस्य २ हजार ९५ र पुरुष शेयर सदस्य १ हजार ९ सय ६९ रहेको जनाउनु भयो । संस्थाको बिभिन्न उपसमिति, ऋण परिचालन, प्रबिधिक पुर्बाधार, तालिम तथा गोष्ठिमा सहभागिता, स्थापना दिबस, सामाजिक हित कोष, हजार हातमा खुत्रुके साथमा, बेहुली भेटघाट कार्यक्रम, लघुबित कार्यक्रम, सम्मान तथा पुरस्कार, अबलोकन तथा तिर्थाटन भ्रमण, सदस्य शिक्षा कार्यक्रम, जन्म दिन मनाउने कार्यक्रम गरिएको सचिबको प्रतिबेदनमा उल्लेख रहेको छ । संस्थाको कोषाध्यक्ष बलराम गौतमको प्रतिबेदनमा आर्थीक बर्ष ०७९÷८० मा ८ करोड २२ लाख ८२ हजार ३ सय २५ रहेको र खुद आम्दानी १ करोड ५९ लाख ५० हजार ४ सय ९५ रहेको उल्लेख छ । यस्तै लेखा सुपरिबेक्षण समितिको तर्फ बाट गणेश पौडलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै संस्थाको प्रशासनिक तथा संस्थागत सुशासनको अबस्था, संस्थामा हाल कार्यान्वयनमा रहेका निर्देशिका, बितिय ब्यबस्थापन तथा सुरक्षा ब्यबस्था, अभिलेख ब्यबस्थापन तथा सुरक्षाको अबस्था, साधारण सभाको निर्णयको पालनाको अबस्था, कानुनी पालनाको अबस्था राम्रो रहेको उल्लेख गर्नु भएको छ । सो सभामा उपाध्यक्ष कृष्णचन्द्र पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
अर्थ / व्यापार संकल्प साकोसको बार्षिक साधारण सभा सम्पन्न