चन्द्रपुरः नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार विश्वेश्वरप्रसाद कोइराला को ११०औ जन्म जयन्तिको अवसरमा चन्द्रपुरमा दिप प्रजवलन तथा बिरामीहरुलाई फलफुल वितरण गरेर मनाईएको छ ।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको आयोजनामा रौतहट क्षेत्र नं. ४ का सासंद देव प्रसाद तिमल्सिनाको प्रमुख र पुर्व प्रदेश सासद धनलाल ठोकरको बिशिष्ट आतिथ्यतामा आईतवार दिप प्रज्वलन र सोमबार फलफुल बितरण गरीएको हो । चन्द्रपुर-४ स्थित मुख्य चोकमा आईतवार वि. पि कोइरालाको ११०औ स्मृतिमा दिप प्रजवलन गरीएको र आज चन्द्रनिगाहपुर सरकारी अस्पताल,चन्द्रपुर हस्पिटल,सिम्स र सिभिल हस्पिटलमा रहेको बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण कार्यक्रम समपन्न भएको नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले जानकारी दिए । दिप प्रज्वलन कार्यक्रमा बोल्दै सासद तिमल्सिनाले बि.पि कोइरालाले देखाएको मार्गमा हिड्नुपर्ने बताएका छन । नेपाल र नेपाली जनताको लागी बि.पिले गरेको संर्घषको स्मरण गर्दै,पार्टि र देशलाई मजबुत र गतिशिल बनाउन बि.पिले देखाएको मार्गमा हिड्न बहेका बिक्लप नरहेको सासद तिमल्सिनाले बताएका थिए ।

यस्तै बिपिको जन्म जयन्तिको दोश्रो दिन सोमबार चन्द्रपुर सरकारी तथा निजी अस्पतालमा रहेको बिरमीहरुलाई फलफुल बितरण गरीएको छ । सरकारी तथा निजि अस्पतालमा रहको करीब १०० जना भन्दा बढी बिरामीहरुलाई प्रत्यक्ष भेटेर फलफुल बितरण गरीएको हो ।
कर्यक्रममा नेपाली कांगे्रस क्षेत्र नं.ः४ का सभापति रामस्नेही राय यादव,नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य शिव पुरी,नेपाल प्रेस युनियनका के.स संजय कार्की,ने.बि.संघका रौतहट सभापति अधिकार लामिछाने, चन्द्रपुर वार्ड नं ८ का अध्यक्ष जितेन्द्र चौधरी,जन ज्योति स्ववियू सभापति संगम श्रेष्ठ,युवा नेता बिनोद गुप्ता,आलोक कोईराला,अरुण लामा,भरत आचार्य,शाहिल पुरी,जन ज्योति नमुना माध्यमिक बिध्यालयका अध्यक्ष तथा ने.कांग्रेसका युवा नेता नरेश लामीछाने,सूचना,सञ्चार तथा प्रचार बिभागका केन्द्रिय सदस्य सुमन गौतम, कांग्रेस रौतहट जिल्ला सदस्य श्यामहरी चौलागाई,४ नं क्ष्ेत्रिय सचिव कृष्ण हुमागाई,ने.का. प्रदेश ४(क) का उपसभापति नवराज दहाल,सचिव दिक्षित पौडेल, ने.कांग्रेस चन्द्रपुर नगर सचिव गणेश चौलागाई सदस्य विजय कार्की,शुर्दशन नेपाल को उपस्थिति रहको थियो ।

यस्तै बिध्यार्थी नेताहरु सुशिल अधिकारी,गोपाल हुमागाई,संदिप मैनाली,नौशाद आलम,बिकल कार्कीवृन्दावन नगरपालिकाका नेता शेष अस्लम,शेष अवुलेश र मोहन यादव लगाएतको उपस्थिति रहेको थियो ।

अघिल्लो सामग्रीबिपी मेरो राजनीतिक प्रेरणाका स्रोत हुन्:देउवा
यसपछिको सामग्रीरौतहट प्रहरी प्रमुख श्रेष्ठ र संचारकर्मी बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न