अग्नि नियन्त्रणका लागि आएको बरुणयन्त्र समेत टोडफोड
चन्द्रपुर:पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय होम माया मगरको घटना स्थलमै मृत्यु भएको छ ।पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन। ट्रकका चालक फरार रहेका छन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ।आगजनी भएको ट्रकको आगो निभाउन आएको चन्द्रपुर नगरपालिका को वरुणयन्त्र समेत स्थानीयले टोडफोड गरेका छन।पुर्व पच्छिम राजमार्ग अवरुद्ध छ भने स्थानीय आन्दोलित भएका छन।





