रौतहट:नेशनल किक बक्सिङ एसोसिएसन रौतहट को अध्यक्षमा बन्ती कुमार पाण्डे(सुरज) चयन भएका छ्न।चन्द्रपुर-५ घर भएका पान्डेलाई मंगलवार केन्द्रिय एसोसिएसन को निर्णय अनुसार रौतहट को अध्यक्ष पदको जिम्मेवार दिइएको हो।
रौतहटमा बक्सिङ खेललाई उजागर गर्न र बक्सिङ खेलको उत्थान र प्रगतिको लागि अध्यक्ष को जिम्मेवारि दिइएको नेशनल किक बक्सिङ एसोसिएसन को केन्द्रिय समितीले जनाएको छ। पाण्डे नेपाली सेनाबाट अवकास पाई बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेका छन।



