वीरगन्ज — नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन् । उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।’कांग्रेस पार्टीभित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन् । निर्वाचनमा भोट दिइरहेका छैनन् । यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र रु भन्ने संशय उत्पन्न हुने नेता महतले भनाइ छ ।‘आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन भन्ने सन्देश जानु हो’, नेता महतले भने, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’
इकान्तिपुर बाट

अघिल्लो सामग्रीचन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो
यसपछिको सामग्रीपाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो