चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।
नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी नायब निरिक्षक १ जना,नगर प्रहरी सहायक निरिक्षक १ जना,नगर प्रहरी हबलदार २ जना र १६ जना नगर प्रहरी जवानको आबेदन खुलेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभएको छ । नगरपालिकाले नगर प्रहरीका पदहरुले उपलब्ध गराउने सेवा अर्को व्यवस्था नभए सम्म खुल्ला प्रतिस्पर्धाद्धारा करार सेवाबाट गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तोकीएको ढाँचामा आबेदन दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृत तिवारीले बताउनु भयो ।
प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र स्वयंम उपस्थित भई रितपूर्वक दरखास्त फारम भरी नगर कार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सुचना जारी गरिएको उहाको भनाइ रहेको छ । नगरपालिका स्थापना भएको करिब १० बर्ष पछि नगरपालिकाले नगर प्रहरीको आबेदन मागेको हो । नगरपालिकाको आवश्यकतालाइ मध्यनजर गदै नगर प्रहरी माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भएको छ । नगरका कतिपय कुराहरुको ब्यबस्थापन तथा सुरक्षाको लागी नगरी प्रहरी अपरिहार्य भएको हुदा नगरपालिका नगर प्रहरीको ब्यबस्थापनमा जुटेको नगर प्रमुख काफलेको भनाइ रहेको छ ।

अघिल्लो सामग्रीगौर घटना छानबिन माग गर्दै पाँच दिनदेखि धर्ना (भिडियो सहित)
यसपछिको सामग्रीअनुशासनको कमी कांग्रेसको कमजोरी:अर्थमन्त्री महत