रौतहट – रौतहटको सदरमुकाम गौरमा १६ वर्षअघि भएको हत्याकाण्ड छानबिन गर्न माग गर्दै पीडित परिवारहरु पाँच दिनदेखि चन्द्रनिगाहपुरमा धर्ना बसेका छन् । धर्नास्थल वरपर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आयोजनामा चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको मुख्य चोकको पार्कमा धर्ना दिइएको हो । दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समिति संयोजक रुपसागर देवीले बताए । ‘हामीले हत्यामा संलग्नलाई अनुसन्धानको दायरामा ल्याउन भनेका हौं,ु उनले भनिन्, ‘हाम्रो माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छ । माग पूरा नभए राजधानी बन्द गर्न जान्छौं ।’
आम जनता पार्टीले पनि गौर घटना छानबिन र दोषीलाई कारबाहीको माग गर्दै एक साताअघि गौरमा जुलुस निकालेको थियो । लगत्तै कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले सर्वदलीयरसर्वपक्षीय संघर्ष समिति बनाएर सांसद साहविरुद्ध पाँच दिनअघि गौरमा प्रदर्शन गरेको थियो । संघर्ष समितिले सांसद साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीमार्फत गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारबाही नभएको भन्दै प्रभु साह नेतृत्वको आमजनता पार्टीले १ साउनमा प्रदर्शन गरेपछि ६ दलले संयुक्तरुपमा सांसद साहविरुद्ध प्रदर्शन गरेका हुन् ।२०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।

https://fb.watch/mb1QYOIGgj/

अघिल्लो सामग्रीपानी नपरेपछि रोपाइँ गर्न दमकलको प्रयोग
यसपछिको सामग्रीचन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो