काठमाडौं: नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यवसायिक प्रहरी अधिकृतका रुपमा परिचित छन् ।
२०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए

अघिल्लो सामग्रीरौतहटमा ट्रकले ठक्कर दिदा महिलाको मृत्यु,ट्रकमा आगजनी
यसपछिको सामग्रीबक्सिङ एसोसिएसन रौतहट को अध्यक्ष मा पाण्डे मनोनित