काठमाडौं// पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।रौनियार पर्सा क्षेत्र नं। ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

अघिल्लो सामग्रीरौतहटमा दाईजोको निहुँमा आमा र २ वर्षीया छोरीको हत्या
यसपछिको सामग्रीअति सोच्नु पनि एक बिरामी हो ?