रौतहट १६ असार रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका–४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको रौतहट प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् ।
प्रहरीले मृत्कका जेठानी र सासूलाई सोधपुछका लागी लगेको छ । मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।

मृत्कका आफन्तले दाईजोको निउमा हत्या गरेको आरोप लगाएका छन् । तिन वर्ष अघि विवाह गरेकी कवितालाई दाईजोको लागी पटक–पटक यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताएका छन् ।‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाइ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइ फरार भए ।’घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनु पर्ने उनको माग छ ।

अघिल्लो सामग्रीसाझवाणी दैनिक असार १३ गते को ई-पेपर
यसपछिको सामग्रीपप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ