रौतहट,१६ असार जिल्ला प्रहरी कार्यालय रौतहट गौरले आयोजना गरेको ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताको सम्पन्न भएको छ। रौतहट जिल्ला स्थित गौर दालमिलमा आयोजित प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक युवराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दोस्रो उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गौर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ।
त्यसैगरी तेस्रो बिजेताको उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई प्रदान गरिएको छ ।उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक माधव रेग्मी,अनुसन्धानका प्रमुख चन्दन कुमार झा, उपसचिव भुदेव झा र नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्रै झा लगाएत खेलकुद प्रेमी र सुरक्षाकर्मी र संचाकर्मीको उपस्थिति रहेको थियो ।
आवरण ब्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि कुवर र खड्काको जोडी लाई



