रौतहट १६ असार
माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट एक सेवाग्रहीको रकम झिकेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ परेका छन ४ जना फरार छन ।
बृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको खाताबाट गत जेठ ५ गते देखि ७ गते सम्म ९ लाख रुपैया हराएको थियो ।यादवको माछापुच्छ्रे बैंकको शाखा कार्यालय वृन्दावनको खाता नं. ०७५००६५३८२८०००१४ मा रहेको रकम जेठ ५ ,६ र ७ गते दैनिक तिन लाख को दरले नौ लाख रकम अन्य बैंकको खाता तथा खल्ती एप्स खाताबाट,एटिएम बाट अनाधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गा“उपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउ“पालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास पक्राउ परेका छन् ।
उनी हरुले अन्य व्यक्तिको खातामा रकम सारेर आर्थिक अपचलन गरेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइरालाले बताए । पक्राउ परेकाहरुलाई ठगी सम्बन्धी कसुरमा मुद्दा चलाइएको डीएसपी कोइरालाले बताए ।विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाई बैकमा खाता खोल्न लगाई खातावालाको मोबाइलमा अनलाइन बैंकिङको यूजर नेम र पासवर्ड समेत लिएर खाताबाट रकम सारेको पाइएको छ ।घटनामा ११ जना संलग्न रहेको र ७ जना पक्राउ परेको ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाइल, विभिन्न बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको छ ।
अपराध बैंक खाता बाट ९ लाख रकम चोरेको आरोपमा ७ जना पक्राउ