रौतहट ११ असार रौतहटमा लागू औषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन ।
चन्द्रपुर नगरपालिका वडा नं ४ मा प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ का ३० बर्षिय बिबेक गुरोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएक‍ो छ।
युवकको शरिर खानतलासी गर्दा अबैध लागुऔषध (ब्राउन सुगर) एक दसमलव चार सय साठी ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।लागु औषध (ब्राउन सुगर) बरामद गरी गुरौ लाई आवश्यक कारवाहीको लागी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।

अघिल्लो सामग्रीचन्द्रपुर नपा ले ल्यायो १ अर्ब १९ करोडको बजेट
यसपछिको सामग्रीसाझवाणी दैनिक असार १३ गते को ई-पेपर