रौतहट — रौतहटको चन्द्रपुर–१० खौराहा गाउँस्थित गोठघरमा अवैध रूपमा लुकाइराखेको चिरान काठ प्रहरीले बरामद गरेको छ । इजाजत पत्रबिना राखिएको उक्त काठ प्रहरीको चेतनगर चौकीबाट खटेको टोलीले आइतबार मध्यरातमा बरामद गरेको हो । चन्द्रपुर–१० खौराहास्थित बच्चाई साहको चिरान मिलनजिकको गोठघरमा अवैध रूपमा चिरेर लुकाइराखेको बाझिएको चौकोट २५ र २ थान गोलिया गरी ३१्३३ क्युफिट काठ बरामद गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।उक्त काठको मूल्य ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद काठ आवश्यक कारबाहीका लागि सोमबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ । केही समययता जिल्लामा अवैध काठको ओसारपसार बढेको पाइएको छ ।
डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले राष्ट्रिय वनबाट अवैध रूपमा काठ ओसारपसार गर्नेविरुद्ध कडा निगरानी रोखेको बताए । ‘हामीले जिल्लाभित्रका चिरान मिलहरूका समेत चोरीका काठहरू छरछैन भनेर निगरानी राखेका छौँ,‘उनले भने,‘बिनाइजाजतपत्रका काठ फेला पारे कारबाही गर्छौं ।’

अघिल्लो सामग्रीरौतहटमा आजदेखि विद्युतीय राहदानीको काम सुरु
यसपछिको सामग्रीचन्द्रपुरबाट लागुऔषध गांजासहित एक जना पक्राउ