रौतहट: बुधबार पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मेघगर्जन, चट्याङ, बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अघिल्लो सामग्रीचन्द्रपुरबाट लागुऔषध गांजासहित एक जना पक्राउ
यसपछिको सामग्रीराजपुर नपा आज शोक बिदा