बैशाख २८ ,रौतहट
गरुडाको ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरीएको छ । । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले अति बिपन्न दलित समुदायकका ३ परिवारलाई सहयोग गरीएको छ । नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितको ध्यानमा राख्दै गरुडा नगरपालिकाको वार्ड नं.५ शिवनगर टोलका रामबाबु महरा ,गंगाराम महरा र मुकेश रामलाई २५/२५ हजार रुपैँयाको ३ परीवारलाई चेक हस्तान्नतरण गर्नु भएको हो । गरिब असाहाय निम्न बर्ग भएका जसोतसो गरि साझँ र बेलुका हातमुख जोड्ने दलित परिवारका रामबाबु ,गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल उनीहरुको घरमा स्वयम् पुगी केहि राहत पुगोस भनि उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गर्नु भएको हो । सम्पुर्ण नगरवासीको हित नै आफ्नो दायित्व रहेको नगर प्रमुख जैसवालले बताए ।साथ–साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गर्नु भयो ।
आवरण गरुडाका नगर प्रमुख जैसवालले गरे चेक हस्तान्तरण



