रौतहट: जिल्लाको यमुनामाई गाउँपालिका वाड १ स्थित कुमारी बैक ले एटिम सेवा सुरु गरेको छ। शुक्रवार एक कार्यक्रम बिच यमुनामाई गाउपालिका वार्ड न १ का अध्यक्ष नन्दलाल राय यादव र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले सयुक्त रुपमा रिवन काटी एटिम सेवाको सुभारम गरिएको हो। एटीएम सेवा सुरु भएकोमा वडा अध्यक्ष नन्दलाई राय यादवले हर्ष ब्यक्त गरे। शुक्रवार बाट सुचारु भएको एटिएम सेवा उक्त क्षेत्रको उत्कृष्ट रहेको बैक ले दावी गरेको छ।
एटिएम सेवा सुचारु हुनाले उक्त क्षेत्रका सेवाग्राहीहरु लाभान्वित हुने अपेक्षा गरिएको कुमारी बैक यमुनामई शाखा का शाखा प्रवन्धक गोपल ब्लोन ले बताए।उद्घाटन समारोह मा शिक्षक,ब्यवसायी,कर्मचारी,भद्रभलादमि र जनप्रतिनिधि हरुको उपस्थिती रहेको थियो।



