रौतहट,२८ वैशाख रौतहटको कटहरियाका मेयर अजय प्रकाश जयसवालले शपथग्रहण पछि गरेको पहिलो निर्णय श्री जनता मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने वाचा विस्तारै पूरा हुदै गएको छ । अहिले कक्षा ८ देखि १० दस सम्म पूर्णरूपमा व्यवस्थित तरिकाले पढाइ भईरहेको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । बाँकी रहेका कक्षाहरू क्रमशः जनशक्ति तयार पार्दै सञ्चालन हुँदै जाने उनको भनाइ छ ।
अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्न शिक्षक व्यवस्था, भवन, फर्निचर व्यवस्थापन लगायतका आवश्यकता पूरा गर्नु पर्छ । यो सबै कुरा विस्तारै हुदै जाने हो । एकैचोटी व्यवस्थापन गर्न सकिदैन । प्रअ यादवले भने अंग्रेजी माध्यमको बारेमा जुन कुरा बाहिर आएको छ । त्यो गलत हो ।यस वर्ष मात्रै श्री जनता माध्यमिक बिधालय कटहरिया बाट एसईई परिक्षामा ४० जना सहभागी भई जाँच दिएको प्रधानाध्यापक यादवले जानकारी गराउनु भयो । उनले आशा छ नतिजा राम्रै आउने छ । मेयर जयसवाले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने निर्णय गरेका थिए । सोही बमोजिम नै अहिले कार्यान्वयन हुँदै गएको छ ।मेयर जयसवालले कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै गईरहेका छन् । फलस्वरूप सोमबार प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा जनस्वास्थ्य प्रयोगशाला र सर्प दंश उपचार केन्द्रको सुभारम्भ पनि गराएका छन् । नगरको केही बिधालयहरूमा धमाधम भौतिक संरचनाहरू पनि निर्माण भईरहेका छन् । साथै कटहरिया नपाको सबै वडाका गल्ली गल्लीका सडक ढलान भईरहेका छन् ।
मेयर जयसवालको कार्यकाल एक वर्ष नपुग्दै कामहरू धमाधम भइरहेका छन् । यति हुदाहुदै मेयर जयसवालले कामहरू अगाडि बढाएन्न भने हल्लाहरू चलेका छन् । त्यस्ता हल्लाको पछाडि नलाग्न उनले आग्रह गरेका छन् । उनले अंग्रेजी माध्यममा निःशुल्क शिक्षा सञ्चालनमा नै रहेको छ । मेयर जयसवालले निःशुल्क रूपमा नगरपालिका बाट पाठ्यपुस्तक पनि उपलब्ध गराएका छन् ।

अघिल्लो सामग्रीमेयर कुर्मीले गरे दलित सामुदायिक भवनको शिलान्यास
यसपछिको सामग्रीनयाँ बजेटको चटारो र अर्थतन्त्रको गति