रौतहट १५ बैसाख नेपाली सेना को वीर दल गण रौतहटले जनहित कार्यमा हातेमालो गर्दै स्वास्थ्य शिविरको आयोजना गर्न लागेका छ।चन्द्रपुर नगरपालिकाको विभिन्न ६ वटा वडाका सर्वसाधारण लाई लाभान्वित गराउने उदेश्यका साथ शिविर गर्न लागेको नेपाली सेनाका गणपति प्रमुख सेनानी गंगा बहादुर विष्टले जानकारी दिएका छन ।चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत आवासिय विधालय मोतिपुरमा यहि बैशाख १६ गते शनिवार स्वास्थ्य शिविर आयोजना हुने गणपति प्रमुख सेनानी बिष्टले बताए ।
शिविरमा आंखा , बाल रोग, मधुमेह ,निमोनिया, स्त्रीरोग, दम, हाड जोर्नी सहितका बिरामीको उपचार तथा औषधी वितरण गरीने कार्यक्रम रहेको छ ।
नेपाली सेनाको विरदल गण आयोजक रहेको सो शिविरमा एक हजार जनतालाई उपचार गर्ने योजना नेपाली सेनाको छ ।शिविर विहान ७ बजे सुरु भई सांझ ५ बजे सम्म संञ्चालन हुने छ।चन्द्रपुर नगरपालिका , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, जिल्ला अध्यक्ष प्रेमचन्द्र झा लगाएतको उपस्थिती रहेको थियो ।

अघिल्लो सामग्रीधनुषामा एकैदिन दुई पुरुषको शव फेला
यसपछिको सामग्रीमेयर कुर्मीले गरे दलित सामुदायिक भवनको शिलान्यास