बैशाख १५,चन्द्रपुर चन्द्रपुर ६ स्थित रहेको जनज्योति माध्यमिक बिध्यालयका शिक्षक लक्ष्मण खनाललाई स्पष्टीकरण सोधिएको छ।
नेपाल सरकारले निःशुल्क पाठ्यपुस्तकको ब्यबस्था गरेको भएपनि अतिरिक्त पुस्तकको नाममा विद्यार्थीहरु संग चर्को महशुल लिएर बिक्री गरेको तथ्य बाहिरिए संगै बिध्यालय प्रशासन ले शिक्षक खनाल संग स्पष्टीकरण सोधेको हो।
नियमित कक्षामा पढाइ हुने पुस्तकहरू निशुल्क भएतापनि नेपाली व्याकरण लगायतको अतिरिक्त पुस्तकको नाममा सो पुस्तक किन्नु पर्ने भन्दै कक्षा कोठामा नै बिक्री वितरण गर्दै आएको सोही विद्यालयमा अध्ययनरत छात्रा/छात्र र अभिभावकले आरोप लगाएका थिए।
सो बिषयको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन भए पश्चात् शिक्षक खनाल लाई सोही बिध्यालयको प्रधानाध्यापक देव नरायण हुमागाईले मौखिक स्पष्टीकरण सोधिएको स्रोत ले बतायो। बिध्यार्थी संग चर्को महशुल लिने कार्य र शिक्षक भएर यसरी पुस्तक बिक्री बितरण नगर्न र यस्ता गतिविधि पुन नदोहोर्‍याउन को निम्ति सचेत गारएको प्राध्यापक हुमागाईले बताए। सरकारी बिध्यालमा सबै पुस्तक निःशुल्क भएता पनि सो अतिरिक्त व्याकरण पुस्तक सम्बन्धित शिक्षकसँग किन्नुपर्ने भनिएपछि विद्यार्थीले विरोध जनाएका थिए। सो अतिरिक्त पुस्तकको मूल्य विद्यार्थीहरूसँग ३ सय ८० रुपया प्रति गोटाको दरले कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्राहरुलाई कक्षामा नै बिक्री वितरण गरिँदै आएको तथ्य बाहिरिएको थियो ।

अघिल्लो सामग्रीओपन नकआउट फुटबल प्रतियोगीता: पहिलो खेलमा चिडियादह र दोश्रो खेलमा यौङ स्टार बिजयी
यसपछिको सामग्रीधनुषामा एकैदिन दुई पुरुषको शव फेला