जनकपुरधाम: धनुषामा बिहीबार दुई पुरूषको शव फेला परेको छ । नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय पुरुषको शव फेला परेको छ । ती पुरुषको सनाखत हुन नसकेको धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
यस्तै धनुषाकै गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय युवको शव फेला परको हो । युवकको शवको पनि सनाखत हुन सकेको छैन ।
दुबै मृतकको शव पोस्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुबै मृतकको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । दुबै जनाको मृत्यु के कति कारण भएको खुल्न नसकेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अघिल्लो सामग्रीनिशुल्क पाइने पुस्तक महँगो शुल्क लिएको आरोप लागेका खनाललाई सोधियो स्पष्टीकरण
यसपछिको सामग्रीवीर दल गण रौतहटले स्वास्थ्य शिविर संचालन गर्ने