रौतहट,०६ बैशाख । प्रदेश सभा सदस्य युबराज भट्टराई ( समिर )ले बिकास निर्माणका योजना सार्बजनिक गर्नु भएको छ । रौतहट क्षेत्र नं. ४ ( क ) बाट निर्बाचित प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले छनौट गर्नु भएको संसदिय कोष बाट हुने योजना सार्बजनिक गनु भएको हो । उहाका योजना सडक स्तरोन्नती अन्तर्गत अधिकास सडक कालोपत्रे र ढलान गरिने छ । प्रदेश सभा सदस्य भएपछि आफुले गर्ने कार्यहरु आफनो क्षेत्रका नागरिकले जानकारी पाउन भन्ने उदेश्यले छनौट गरिएको योजना सार्बजनिक गरिएको प्रदेश सभा सदस्य युबराज भट्टराईले बताउनु भयो । उहाले आर्थिक वर्ष ०७९÷०८० को संसदीय बजेट बाट छनौट गरिएको योजना प्रदेश सभाका सम्पूर्ण क्षेत्रवासी माझ बसेर गरिएको बताउनु भयो । शुसासन पार्दशिताको लागि बिकास निर्माणको योजना सार्बजनिक गरिएको हो । क्षेत्रवासीको मागलाई समेटदै आफ्नो निर्वाचन क्षेत्रका हरेक वडामा एक÷एक योजना छनौट गरिएको छ । निर्वाचनको समयमा मतदाता समक्ष राखेको वाचा, जनतालाई देखाएको आशा र आफुले गरेको प्रतिबद्धता अनुरुप एक वडा एक योजना नछुट्ने गरि योजना अगाडि बढाउनु भएको छ । उहाले सार्बजनिक गर्नु भएको योजनामा वृन्दावन नगरपालिका वडा नं. १,२ र ३ का लागि ९० लाख रकम विनियोजन गर्नुभएको छ । वृन्दावन नगरपालिका वडा नं. १ चिरानटोलमा सडक स्तरउन्नतिको लागि १० लाख छुट्याएको छ भने वडा नंं १ कै बैराठपुर सडक स्तरउन्नतिका लागि १० लाख, वडा नं. १ को चादीपुल नजिक स्टेज ढलानको लागि १० लाख विनियोजित गरिएको छ । वडा नं. २ मा पुस्तकालय सटर भवन निर्माणको लागि २५ लाख, वडा नं. ३ मा पिप्राटोल मस्जिद सडक स्तरउन्नतिका लागि १५ लाख, पुर्वारीटोल विश्रामपुर सडक स्तरउन्नतिको लागि १५ लाख छुट्याइएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिनुभयो । त्यसै गरी चन्द्रपुर नगरपालिका वडा नं. १ को बागमतिमा डिप बोरिङ जडानका लागि २५ लाख, वडा नं. २ मा दुलालटोल सडक स्तरउन्नतिका लागि १५ लाख, वडा नं. ३ मा वनदेवी प्रा.वि. भोलनटारको भवन निर्माणको लागि २० लाख, वडा नं. ४ को मुस्लिम टोल जाने बाटो नाला निर्माणको लागि १७ लाख, होटल तराईइन देखि उत्तर जाने बाटो स्तरउन्नतिको लागि ८ लाख,वडा नं. ५ मा चन्द्रबहादुर राईको घरदेखि रिङरोडसम्म सडक स्तरोन्नति कार्यका लागि २० लाख विनियोजन गर्नुभएको छ । त्यसै गरी वडा नं. ६ विरेन्द्र वैठाको घरदेखि मोथियाही जाने बाटो स्तरउन्नतिको लागि २० लाख, वडा नं. ७ को नयाबस्ती स्कुल भवन निर्माणको लागि १५ लाख, वडा नं. ७ कै फुटवल ग्राउण्ड मर्मतका लागि ५ लाख, वडा नं. ८ को मरधर गैरीटोल सडक स्तरउन्नतिका लागि २० लाख, वडा नं. ९ मा स्वास्थ्यचौकी निर्माणको लागि २० लाख,वडा नं. १० को बलुवा सुकुम्बासी टोल सडक स्तरउन्नतिका लागि २० लाख रकम छुट्याइएको छ । विनियोजित कार्यक्रममा प्रदेशसभा सदस्य युवराज भट्टराई(समिर)को प्रशासनीक खर्चका लागि ५ लाख र कार्यालय प्रशासनीक खर्चमा २ लाख ९५ हजार छुट्याएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको समयमा जनताले आवश्यकता ठानेका कामहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको र आगामी बर्षहरुमा समेत जनताको घरदैलोमा पुगेर जनताकै चाहना र आवश्यकता अनुसारको बजेट विनियोजित गर्ने लक्ष्य रहेको उहाले बताउनुभयो ।

अघिल्लो सामग्रीबागमती नदिमा ड्याम र शवदाह गृहस्थलको शिलान्यास
यसपछिको सामग्रीआज ईद उल फित्र