मकवानपुर:रौतहट एक दम्पति ले बैवाहिक बर्ष गाठको अवसर पारेर भोजन सेवा कार्यक्रम गरेका छ्न। चन्द्रपुर-४ का शिव पुरी र रेबन्ती खड्काले आफ्नो तीस औ बैवाहिक बार्षिक उत्सवको अवसरमा हेटौंडा स्थित मानव सेवा आश्रम मा आश्रय लिइरहेका वृद्धबृद्दा ,अशक्त तथा बालबालीकालाई लाई भोजन सेवा गराएका हुन।

भोजन सेवा कार्यलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासघ का केन्द्रीय सदस्य समेत रहेका शिव पुरिले यस आश्रममा यति धेरै वृद्धबृद्धा,अशक्त तथा बालबालीकालाई भोजन सेवा गराउन पाउँदा आफु हरु एकदमै खुशी भएको बताउनु भयो। मानव सेवा आश्रमको ब्यवस्थापन,अनुशासन,सत्कार,सस्कार र शान्त वातावरण अनुकरणीय रहेको बताए।
आश्रमा बृद्धबृद्धा,अशक्त र बालबालिका गरेर करिव २०० जना भन्दा बढिले आश्रय लिइरहेको आश्रमका ब्यवस्थापिका उमा भण्डारीले जानकारी दिइन। हेटौंडा मा रहेको मानव सेवा आश्रमा ले पुरी दम्पतीको भव्य स्वागत तथा सम्मान समेत गरेको थियो।

अघिल्लो सामग्रीमान्छे जुटाउन झुठो प्रचार, कुनै पनि हालतमा कार्यपालिका सर्दैन – मेयर कुर्मी
यसपछिको सामग्रीने.बि संघको प्यानलनै बिजयी हुनेमा बिश्वस्त छौ : संगम श्रेष्ठ