रौतहट–डिभिजन वन कार्यालय रौतहटले संचारकर्मिहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विहिबार चन्द्रनिगाहपुरमा डिभिजन अन्तर्गत उत्पादित वन पैदावार जिल्लाका सर्बसाधारणहरुलाई सहजढंगले उपल्बध गराउने उदेश्यकासाथ जिल्लाका स्थानिय संचारकर्मिहरुसंग समन्वय गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका अवसरमा जिल्ला भित्रका स्थानियहरुलाई धार्मिक,सास्कृतिक तथा पुरातात्विक महत्व र सम्पदाको निमार्ण तथा संरक्षण,बिपदमा परेका परिवार,सवदाह संस्कार कार्य प्रयोजन,जनसहभागितामा गरिने बिकास निमार्ण,कृषि औजार,घरकाज निमार्ण कार्य र वन पैदावारमा आधारित उद्योग संचालन लगायतका क्षेत्रमा सहजरुपमा काठ दाउरा निवेदनका आधारमा उपलब्ध गराइने डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन् ।उनका अनुसार साल प्रजातिको काठ ए,बी,सी,डि क्रमस १८ सय ५१ रुपैया ,१३ सय ४२ रुपैया ,१ हजार ३ रुपैया र पाच साय ७९ रुपैया कर समेत पर्नेछ । आउदो साता देखि क्रमिक रुपमा काठ दाउरा सहज तरिकाले बितरण गरिने प्रमुख कर्णले जानकारी दिएका छन् ।

https://fb.watch/iT3wmh1U5J/

अघिल्लो सामग्रीदिल्लीको मेयरमा शैली ओबराय निर्वाचित
यसपछिको सामग्रीचन्द्रपुरमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु