काठमाडौं: आम आदमी पार्टीकी उम्‍मेदवार डा. शैली ओबराय दिल्लीकी मेयरमा निर्वाचित भएकी छिन् ।भारतीय जनता पार्टी ९बीजेपी०की उम्मेदवार रेखा गुप्तालाई पराजित गर्दै शैली मेयरमा निर्वाचित भएकी हुन् ।
मेयरको चुनावमा आम आदमीकी शैली ओबरायले १५० मत पाइन् भने उनका प्रतिस्पर्धी विजेपीकी उम्‍मेदवार रेखा गुप्ताले ११६ मत पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।मेयरमा निर्वाचित भएपछि डा. शैली ओबरायले आफूले यो सदनलाई संवैधानिक तरिकाले चलाउने प्रतिक्रिया दिएकी छिन् । सदन चल्नमा जनताको साथ र सहयोग चाहिएको उनले आग्रह गरिन् ।

अघिल्लो सामग्रीराष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने
यसपछिको सामग्रीवन कार्यालय रौतहटद्धारा संचारकर्मिहरुसंग अन्तरक्रिया सम्पन्न(भिडियो)