रौतहट,२ माघ— पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै चन्द्रनिगाहपुरमा दीप प्रज्वलन गरिएको छ । सोमबार चन्द्रपुरको मुख्य चोक मा रहेको लोकतान्त्रिक पार्कमा (उइ लिड नेपाल फाउन्डेसन) नामक युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । कार्यक्रमा उपस्थित सम्पुर्णले दिप प्रज्वलन सहित मौन धारण गरेका थिए। कार्यक्रम मा उपस्थित नेपाली काङ्ग्रेस का नेता सुर्यबहादुर थापाले मृतक आत्मा को चिर शान्ति को कमना गर्दै हवाई विमान दुर्घटना को निषपक्ष छानबिन गर्न र घटनाको बिषयमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिन सरकारलाई ध्यानाकर्षण गराएका छन । यस्तै नेपाल बिध्यार्थी संघ रौतहट का सभापती तथा (उइ लिड नेपाल फाउन्डेसन)का सस्थापक सदस्य अधिकार लामिछानेले विमान दुर्घटनामा सरकारको लापरबाही औउल्याउदै पुराना र काम नलाग्ने हवाई विमान सवै हटाएर नया र आधुनिक विमान प्रयोगमा ल्याई यस्ता घटना पुन दोहोरिन नदिन सरकार गम्भीर हुनु पर्ने बताए ।
कमि कमजोरी कस्को हो ?छानबिन होस,यति बेला दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दछौ यस्ता घटना पुन दोहोरिन नदिन सरकार गम्भीर हुनु जरुरी छ लामिछानेले भने ।


त्यस्तै गौर अस्पताल र चन्द्रनिगाहपुरमै द हाउस अफ जेन्टल्मेन्ट नामक युवा समुहले पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।
आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमाअहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ।

अघिल्लो सामग्रीयति विमान दुर्घटना :१२ शवको पहिचान, चार जनाको खोजी जारी
यसपछिको सामग्रीमधेशमा आज सभामुखको निर्वाचन हुँदै