माघ ४,जनकपुरधाम मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत लिने कार्यक्रम रहेको छ । पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । पछि लोसपाले सामर्थन दिँदा उनलाई हाल ७२ सांसदको समर्थन छ ।
हालसम्म काँग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन् । मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि विश्वासको मत दिने मनसाय बनाएको छ । यधपी दिने वा नदिने विषयमा आज बस्ने काँग्रेस संसदीय दलको बैठकले निर्णय लिने सांसद शेषनारायण यादवले बताए ।
आवरण विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव, काँग्रेस ले के गर्ला ?



