चन्द्रपुर,०३ पुष: चन्द्रपुर-४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले रत्तदान कार्यक्रम गर्ने भएको छ । सहकारीको १४ औ बार्षिक साधारण सभाको पुर्वसंध्यामा संस्थाको मानविय सेवा कार्य अन्तर्गत सोमबार(भोलि) रत्तदान कार्यक्रम गर्न लागीएको संस्थाका अध्यक्ष प्रकाश सुनुवारले जानकारी दिए । रत्तदान कार्यक्रम पुष ४ गते सोमबारको दिन बिहान ७:३० बजे देखी संस्थाको कार्यालय अगाडी प्रणामी दात घर संगै हुने अध्यक्ष सुनुवारले जानकारी दिए । चन्द्रोदय साकोसले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । बिगत दुई वर्ष भने केहि प्राविधिक गडबढीको कारण रक्तदान कार्यक्रम हुन सकेको थिएन। कार्यक्रम रोकियता पनि साकोसले बिभिन्न समयमा रगत नपाएर छट्पट्ीरहेका बिरामी र रत्त अभाव झेलिरहेको हरुलाई रगत उपलब्द गराउदै आएको छ । रक्तदान कार्यक्रमको तयारी पुरा भैसकेको संस्थाका बरिष्ठ उपाध्यक्ष बसन्त आचार्यले जानकारी दिए । पुष ४ गते हुने रत्तदान कार्यमा सहभागी भई रक्तदान गर्न समेत साकोसले अनुरोध गरेको छ ।
आवरण चन्द्रोदयले भोलि रत्तदान कार्यक्रम गर्ने


